तीन वर्षदेखि गिद्धले बच्चा जन्माएनन्

काठमाडौँ । तीन वर्ष भयो, चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका गिद्धले बच्चा कोरल्न सकेको छैन ।

सन् २००६ मा स्थापना गरिएको सो केन्द्रमा रहेका गिद्धले किन तीन वर्षसम्म नयाँ बच्चा कोरल्न सकेको छैन भन्ने अध्ययनको विषय बनेको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिएका छन् ।

यो अवधिमा १८ वटा चल्ला जन्मिएपछि एक बच्चा मरेको थियो । गिद्धलाई खोरमा राखेर प्रजनन गरिएको यो प्रयोग नौलो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here