सम्झौता गर्दिन, बरु राजीनामा दिन्छु

काठमाडौँ । वन मन्त्रालयले वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा सरुवा गरिएका देवेशमणी त्रिपाठीले आफूले कसैसँग सम्झौता नगर्ने, सम्झौता गर्नुपर्ने अवस्था आए राजनीनामा दिएर घर जाने बताएका छन् ।

नियमले मिल्ने काम गर्ने तर नियमले नमिल्ने कुरा गर्न कसैबाट दबाब आएमा सम्झौता गर्नुभन्दा राजीनामा दिएर घर जाने मनस्थिति बनाएको उनले बताए ।

यस अघिका महानिर्देशक डा. राजेन्द्र केशीले वन मन्त्री प्रदीप यादवको दबाबमा केही फायल अघि बढाउन नसकेको भन्दै उनको सरुवा गरिएको थियो ।

अब त तपाई महानिर्देशक भएपछि मन्त्रीको बाँकी काम गर्नुपर्ने होला, कसरी गर्न सक्नुहुन्छ ? त भन्ने नेपालकथाको प्रश्नमा त्रिपाठीले भने, ‘‘नियमले मिल्ने काम मैले गर्ने हो तर नियमले नमिल्ने काम मेरो हातबाट हुनै सक्दैन । जोसुकैले दबाब दिएपनि मैले गर्न सक्दिन । नियमले नमिल्ने कामसँग मैले सम्झौता कहिल्यै गरिन, अब पनि गर्नेवाला छैन ।

आफुले भनेको काम गर्न नसकेको भन्दै डा. केशीको सरुवामा बिबादित बनेका वन मन्त्री यादवले त्रिपाठीलाई पनि ती फायल टुङ्ग्याउन दबाब दिने निश्चित छ ।

तीन महिने चुनावी सरकारको मन्त्री यादवले आफ्ना स्वार्थ मिल्ने र राष्ट्रलाई दुरगामी असर पर्ने काम गर्न सचिव तथा महानिर्देशकलाई लामो समयदेखि दबाब दिँदै आएका छन् ।

दबाब खेप्न नसकेर सरुवा माग्नुपर्ने अबस्था आउला नि ? भन्ने जिज्ञासामा त्रिपाठीले भने, म सरुवा पनि माग्दिन । जति दिन स्वतन्त्र ढंगले काम गर्न मिल्छ, गर्छु । अब त्यस्तो अबस्था आए, राजीनामा दिएर घर जान्छु । हिजो सुदूरपश्चिम प्रदेशमा पनि कसैसँग कम्प्रोमाइज नगरेर हिडेको हुँ ।

डा. केशीपछि सरुवा गरिएका त्रिपाठीले पनि वन मन्त्री यादवको स्वार्थमा काम नगर्ने संकेत देखा परेको छ । आफूलाई शेयर दिए जलविद्युत् आयोजनाको फायलको काम चाँडै टुङ्गिने सन्देश मन्त्री यादवले धेरै जलविद्युत् आयोजनाको प्रवद्र्धकलाई यस अघि दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here