बरण्डाभार इज नट ओन्ली करिडोर…(भिडियो सहित)

चितवन । बरण्डाभार जैविक मार्ग पछिल्लो दिनमा जैविक मार्ग मात्र नभएर दुर्लभ वन्यजन्तुको स्थायी बासस्थानको रुपमा विकसित हुन थालेको छ ।

१० हजार हेक्टर क्षेत्रफलमा रहेको बरण्डारमा कोर एरिया बाहेकका क्षेत्रलाई संरक्षणमा प्रभावकारी काम गर्न स्थानीय समुदायलाई १७ वटा सामुदायिक वन हस्तारण भएका छन् । स्थानीय समुदाय, डिभिजनल वन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त पहलम बरण्डाभार क्षेत्र जैविक मार्ग मात्र नभई बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुको बासस्थानको रुपमा विकसित भएको छ ।

यो क्षेत्रमा वन्यजन्तुको बासस्थान सुधारका विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । एकातिर डिभिजनल वन कार्यालयले जैविक मार्गभित्र संरक्षणका कामहरु गरिरहेका छभने अर्काेतिर चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा संरक्षणका कामहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ ।

भारतको सीमा क्षेत्रदेखि चुरे महाभारत श्रृखलासम्म वन्यजन्तुको स्वतन्त्र रुपमा आवतजावत गर्नका लागि यो जैविक मार्गको अवधारणा विकास गरिएको हो ।

भिडियो

बरण्डाभार जैविक मार्ग केबल जैविक मार्ग मात्र होइन, वन्यजन्तुको बासस्थान समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here