अरुण ३ मा तीन वटा बम विष्फोट

संखुवासभा । बहुप्रतिक्षित अरुण ३ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृहमा बिहीवार राती तीन वटा वम विष्फोटन भएका छन् ।
संखुवासभा जिल्लाको चिचिला गाउँपालिका वा न ३ पुखुवास्थित रहेको कार्यालय भवन भन्दा १५० मिटर टाढा तीन वटा वम विष्फोटन भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आयोजनाको केही सामानमा सामान्य क्षति भएको छ । भारतीय कम्पनीको लगानीमा अरुण ३ निर्माण हुने आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here