गैँडाको केटो जोगाउनै मुश्किल भो

काठमाडौँ । सात महिनाको अवधिमा गैँडाको सात वटा बच्चा (केटो) को मृत्यु भएको छ । यो नोक्सानी नेपालले गैँडा संरक्षणमा लिएको हालको नीति तथा कार्यक्रमलाई प्रत्यक्ष चुनौती दिने खालको देखिएको छ ।

विश्वमै दुर्लभ मानिएको एकसिँगे गैँडाको संरक्षणका लागि शुन्य शिकार वर्ष निरन्तर मनाइरहँदा गैँडाको बंशसँग जोडिएको पछिल्लो पुस्ता ( साना बच्चाहरु) धमाधम मर्न थालेपछि गैँडा संरक्षणमा थप चुनौती थपिएको हो । यो समस्या विशेष गरेर चितवनमा देखिएको छ । चितवनमा दुर्लभ वन्यजन्तु गैंडाका केटाकेटी जोगाउन धौधौ हुन थालेको छ । छ दिनुभयो । उहाँले बताउनुभयो ।

भदौयता दुई सातादेखि दुई वर्षभित्रका सात केटाकेटी मृत फेला परेका छन् । भाले गैंडा, बाघ र गोहीका कारण केटाकेटी मारिएको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुले दावी गरेका छन् । तर त्यसका यथार्थ कारण पत्ता लगाउनमा ढिलाई गरे गैँडाको बच्चाको संख्यामा कमी देखिने मात्र होइन, वृद्ध गैँडा कालगतिले मर्दै जाने र बच्चाको संख्या पनि घट्दै जाने हो भने गैँडा संरक्षणमा कति चुनौतीको सामना गर्नुपर्ला त्यो त अहिले नै भन्न नसकिने हुन सक्छ । चोरीसिकार रोकिए पनि अरू कारणले केटाकेटी मर्ने क्रम बढेको छ । केटाकेटी जोगाउन नसक्दा चौतर्फी चाँसो र चिन्ता हुन थालेको छ ।

गैंडा विश्वमै लोपोन्मुख दुर्लभ वन्यजन्तु हो । तीन वर्षअघिको गणनाअनुसार नेपालमा ६४५ गैंडा छन् । चितवन निकुञ्ज र यस आसपासमा ६०५ गैंडा छन् । खागका लागि तस्करले गैंडा मार्ने गर्छन् । चोरीसिकारका कारण कुनै बेला वर्षमै ३८ वटासम्म गैंडा मरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार फागुन १४ गते दुई केटा मृत भेटिए । एउटा दुई वर्षको पोथी निकुञ्जको खोरिया मुहान क्षेत्रमा भेटिएको थियो । त्यसलाई अर्को गैंडाले हानेर घाइते बनाएको घिमिरेले जानकारी दिनुभयो । त्यही दिन निकुञ्जको पूर्वी क्षेत्र कुमरोज राप्ती तटमा दुई साताको केटो मृत भेटियो । त्यसलाई गोहीले आक्रमण गरेको उहाँले बताउनुभयो ।

यो वर्ष भदौ १८ गते बीसहजारी ताल नजिक लगभग ६ महिने केटोको सडेको शव फेला परेको थियो । त्यसलाई भालेले हानेको हुन सक्ने उहाँले बताउनुभयो । गैंडाले आक्रमण गर्दा मरेका अन्य केटाकेटी पनि फेला परेका छन् ।

कात्तिक १४ मा नवलपुर मध्यविन्दु १५ को मध्यवर्ती सामुदायिक वनमा दुई वर्षको पोथी मृत फेला परेको थियो । त्यसलाई अर्को गैंडाले आक्रमण गरेको घिमिरेले बताउनुभयो । कात्तिक १९ गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा र माघ १४ गते नगरवनमा एकमहिने पोथी बच्चा भालेले हानेर मरेको अवस्थामा फेला परे । माघ ६ गते गोलाघाटमा बाघको आक्रमणबाट मारिएको एकवर्षे भाले केटो फेला परेको अधिकारीले जानकारी दिए । यसरी केटाकेटी भालेको आक्रोश वा बाघ र गोहीको सिकारबाट अकालमै मर्न थालेका छन् ।

गैंडा विश्वमै लोपोन्मुख दुर्लभ वन्यजन्तु हो । तीन वर्षअघिको गणनाअनुसार नेपालमा ६४५ गैंडा छन् । चितवन निकुञ्ज र यस आसपासमा ६०५ गैंडा छन् । खागका लागि तस्करले गैंडा मार्ने गर्छन् । चोरीसिकारका कारण कुनै बेला वर्षमै ३८ वटासम्म गैंडा मरेका थिए । केही वर्ष यता चोरीसिकार नियन्त्रणमा आएको छ तर जुधेर र अन्य कारणले मर्नेको संख्या हवात्तै बढेको छ । यो आवको साउनयता ३२ गैंडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here