थप १४ वटा पुल बन्दै

काठमाडौँ । मुलुकको राजधानी काठमाडौँसँग जोडिने चितवन देखि काठमाडौँ सडक खण्डलाई थप सहज बनाउन पछिल्लो पटक बिस्तार गरिएको सडक अनुसारका फोर लेनका पुल निर्माण हुने भएका छन् ।

ती पुलहरु हालको भन्दा निकै व्यवस्थित र गुणस्तरीय हुने दावी सरकारी अधिकारीले गरेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा १४ वटा पुल बन्ने भएका छन् ।

सडक चौडा भए पनि पुल साँघुरा भएकाले गाडी सञ्चालन गर्न कठिन हुँदै आएकाले पुल निर्माण गर्न लागिएको सडक विभाग कार्यालयले जनाएको छ ।

पुल निर्माणका लागि आवश्यक प्रक्रिया एक महिना भित्र सुरु हुने सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईले जानकारी दिनुभयो । पूलको नक्साङकन गरी बोलपत्र आह्वान गर्ने तयारी भैरहेको भट्टराईले बताउनुभयो । विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने पनि उहाँले बताउनुभयो । पुल बनाउन झण्डै १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । सडक नौदेखि ११ मिटर चौडा भएकाले सडक बराबर चौडा पुल बनेपछि मात्र यातायात सञ्चालनमा सहज हुने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here