मध्य मस्र्याङ्दी प्रसारण लाइन चार्ज भयो

काठमाडौँ । मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) मा ल्याएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो ।

मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना रहँदै आएको थियो। अब भने मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको उहाँले बताउनुभयो ।

मर्स्याङ्दी–काठमाडौँ र मर्स्याङ्दी–भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमस्र्याङ्दी, मर्स्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था रहेको थियो,ु उहाँले बताउनुभयो । अब त्यस्तो समस्या पनि अन्त्य भएको छ। अब ती आयोजनाको विद्युत् दमौली सवस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ।
निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमर्स्याङ्दी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौँ र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ।

मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताउनुभयो ।

उनले दमौली सवस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमशः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने उहाँले बताउनुभयो । यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सवस्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछौं।ु उहाँका अनुसार मर्स्याङ्दी, दमौली र मध्यमर्स्याङ्दी सवस्टेसनमा वे थपिएको छ भने मध्यमर्स्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here