वन फँडानी: प्रतिफल पानीका मुहान सुक्दै

अमरगढी । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालका–८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँनै काकाकुल भएको छ ।

आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे फँडानी हुँदा तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत १० वर्ष यता चुरे क्षेत्रको वन मासिँदै जाँदा खानेपानीका मूलसमेत सुक्न थालेपछि खानेपानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको थापामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला गाउँमै खानेपानी हुन्थ्यो केही वर्षयता गाउँमा खानेपानीका मुहानै सुकेपछि खानेपानीका लागि तीन घण्टा हिँडेर सुनखोला जानुपर्ने बाध्यता रहेको छ ।” यस्तै पहिले–पहिला गाउँमा धान रोप्नसम्म पानी हुन्थ्यो अहिले खानेपानीसमेत नभएको र मुख्य बाली कमै भएकाले बर्खे बाली मात्र उत्पादन हुने हिउँदे बाली जम्मै जमीन बाँझो हुने अवस्थामा रहेको डोलाकोटका ज्येष्ठ नागरिक वीरबहादुर थापामगरले बताउनुभयो । खानेपानी छैन, गाईभैंसीलाई पनि कहाँबाट पानी ल्याउने त्यसैले गाईभैँसीसमेत पाल्न छाडेको उहाँले बताउनुभयो ।

पटक–पटक चुनावी नारा बनाएर आउने राजनीतिक दलहरुको चुनाव जितेपछि कसैले समस्या समाधान नगरेको हाम्रो पीडाजस्ताका त्यस्तै रहेको स्थानीयको गुनासो छ । अहिले डालोकोट गाउँमा २० परिवार मगर बस्ती बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here