सन राइज बैंक र र भारतका अस्पतालबीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने सन राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थितBLK Super Speciality Nanavati Super Speciality हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब सन राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सकिने बैँकले जनाएको छ । सो सम्बन्धि सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले हस्ताक्षर गर्नुभयो ।

BLK Super Speciality Nanavati Super Speciality हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हन् । जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । उक्त सम्झौता अनुसार सन राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस योजनाले सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन राइज बैंक प्रतिबद्घ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here