अन्धकारमा कालिकोट

कालिकोट । पूर्व ऊर्जा मन्त्री तथा वर्तमान कर्णाली प्रदेशका मूख्य मन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोट एक हप्तादेखि अन्धकारमय भइरहेको छ ।

जिल्लाको एक मात्र शान्तिघाट पोत्मारा जलविद्युत् उत्पादन केन्द्रमा प्राविधिक समस्या आएपछि एक हप्ता देखि विद्युत् सेवा पूर्ण रुपमा बन्द भएको छ । विद्युत् गृहको टरवाईनमा समस्या आएकाले विद्युत सेवा अवरुद्ध भएको हो ।

पावर हाउसमा रहेको मुख्य मेसिन खराव भएको र विकल्पमा अन्य मेसिन नभएकाले अझै केही दिन कालीकोटबासीले अँध्यारोमै जीवन निर्वाह गर्नु पर्ने भएको छ । नेपालगन्जबाट मेसिन ल्याउने प्रयास पनि विफल भएपछि वुटवलमा मर्मत हुदै गरेको मेसिन बन्न एक दुई दिन अझै लाग्ने विद्युत् केन्द्र प्रशासन खाशाका लोकेन्द्र शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here