खच्चडको पिठ्यूँमा पेट्रोलका जर्किन !

हुम्ला । हिउँदमा बाटोघाटो चल्न नसकेपछि हुम्लामा डेढ महिना देखि ठप्प भएको पेट्रोलियम पदार्थ बल्ल खच्चडबाट बोकाएर ढुवानी हुन थालेको छ ।

पुस लाग्दा नलाग्दै सुरु भएको हिमपात फागुनको पहिलो सातासम्म पनि लगातार पर्दै गर्दा अवरुद्ध पैदल बाटो बल्ल खुलेको छ र बाटो खुलेसँगै खच्चडको पिठ्यूँमा मट्टीतेल, डिजेल र पेट्रोल जर्किनमा बोक्न सुरु भएको छ ।

मुगुको गमगडीबाट खच्चड ढुवानी भएको मट्टीतेल हुम्ला पुग्दा प्रति लिटर २६० रुपियाँ पर्ने गरेको छ । त्यति मूल्यमा पनि पाइदैन, स्थानीय व्यापारी हिम साउँदका अनुसार कालोबजारीमा प्रति लिटर डिजेल ३०० रुपियाँ किन्नु पर्छ ।

मुगुको गमगढीबाट खच्चडमा ढुवानी भएको इन्धन सिमकोट हिल्सा सडक आयोजनाका दश भन्दा बढी योजना, गाउँपालिकाका आधा दर्जन सडकको निर्माण कार्य पनि सोही इन्धनबाट मेशिनहरु सञ्चालन हुने भएको कारण हाल इन्धनको खपत राम्रो हुने गरेको खच्चड ब्यबसायी कृष्णबहादुर बुढाले बताउनुभयो ।

यसरी हुम्लाका लागि घोरेटो बाटो खुलेपछि दैनिक ५०० भन्दा बढी खच्चडले इन्धन लगायतका अत्यावश्यक बस्तुहरु ढुवानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here