नदी उत्खनन झनझन पेचिलो बन्दै

बर्दिवास । महोत्तरीमा नदीजन्य पदार्थको उत्खनन दिनदिनै पेचिलो बन्दै गएको छ । यहाँका नदी र नदी उकास जग्गामा क्रसर सञ्चालकले मापदण्डविपरीत उत्खनन गर्दैआएकाले सर्वसाधारणले उत्खनन गर्न नदिने बताएपछि उक्त विषय पेचिलो बन्दै गएको हो ।

स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्न गरेर कानूनी प्रक्रियाअनुसार स्वीकृति दिने र जिल्ला समन्वय समितिको संयोजक नेतृत्वको जिल्ला अनुगमन तथा समन्वय समितिले नियमित अनुगमन गर्ने सङ्घीय र प्रदेश सरकारको कार्यादेश छ । क्रसर सञ्चालकले मापदण्डविपरीत उत्खनन गर्ने र सम्बद्ध निकायले अनुगमनप्रति उदाशीनता देखाएपछि समस्या बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।

“हामीले रातु नदीमा करीब फिटसम्मका गहिरा ठूलाठूला खाल्डा बनाएर बालुढुङ्गा निकाल्न प्रयोग गरिएका इस्काभेटर (उत्खननमा प्रयोग हुने यान्त्रिक साधन) र ओसार्न प्रयोग हुने ट्रिपर नियन्त्रणमा लिएर सम्बद्ध निकायलाई गुहा¥यौं”, बर्दिवास नगरपालिका–६ का सामाजिक कार्यकर्ता राजु महतोले भन्नुभयो, “जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले कुनै चासो देखाएनन् ।”

बर्दिवास–६ का बासिन्दाले नियन्त्रणमा लिएका यान्त्रिक साधन आ–आफ्ना वडाध्यक्षलाई जिम्मा लगाएका छन् । “हामी मनपरी उत्खनन गर्न दिन्नौँ”, स्थानीयवासी इन्द्र खड्काले भन्नुभयो । जथाभावी उत्खननका कारण तटबन्ध भत्कने र बाढी बस्तीमा पस्ने खतरा बढेको छ । कुनै निकायले चासो नदिएको बर्दिवास–६ कृष्णपुरका ६० वर्षीय रामविलास महतो बताउनुहुन्छ । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका नदी तथा नदी उकास जग्गामा नदीजन्य पदार्थको उत्खनन गरिँदै आएको छ । क्रसर उद्योग सञ्चालकले नदीको कूल चौडाइको तीन भागमध्ये माझको भागमा तीन फिटसम्म खाल्डो खनेर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने व्यवस्था छ । क्रसर उद्योग सञ्चालकले तटबन्ध बाँधिएको क्षेत्र र वृक्षरोपण गरिएका क्षेत्रमा ढुङ्गा तथा बालुवा उत्खनन गर्दैआएको भङ्गाहा–४ का नारायण दाहालले बताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले उत्खननका विषयमा आपूmलाई जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here