वनजंगल जोगाउन ग्याँस सिलिण्डर

सल्यान । बागचौर नगरपालिका ८ ठामुरे सामुदायिक वन उपभोक्ता समिति आफ्ना उपभोक्तालाई ग्याँस सिलिण्डर वितरण गरेको छ । सामुदायीक वनका ८५ घरधुरीलाई निशुल्क ग्यास वितरण गरेको हो ।

वन पैदावरको खपत कम गर्नलाई ग्याँससिलिण्डर वितरण गरेको समितिका अध्यक्ष लिलावहादुर वुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– सात लाख रुपियाँको ग्यास सिलिण्डर वितरण गरेका छौं ।

वनबाट उत्पादन भएको खोटो, काठको दार, संकलित रुपियाँको व्याजबाट प्राप्त रकमलाई वन संरक्षणका लागि प्रयोग गरेको सचिव पवित्रा शर्माले बताउनुभयो ।

कोषाध्यक्ष लक्षिराम बुढाथोकीका अनुसार सामुदायिक वनक्षेत्र भित्रका उपभोक्तालाई शुद्धखानेपानीको लागि पानी छान्ने फिल्टर समेत वितरण गरिएको छ । यहाँका ८५ घर धुरीलाई पानी छान्ने फिल्टर वितरण गरेछौं।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here