रामसारको बैठकमा नेपाल

काठमाडौँ । सिमसारको अन्तर्राष्ट्रिय महासन्धी रामसारको स्थायी समितिको बैठकमा नेपालले भाग लिएको छ ।

स्वीजरल्याण्डमा भएको स्थायी समितिको ५७औँ बैठकमा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भाग लिएर फर्किनु भएको छ ।

नेपाल रामसार महासन्धीको पक्ष राष्ट्र हो । सन् १९८८ कोशी टप्पुलाई रामसार सूचीमा सूचीकृत गरेपछि नेपालपक्ष राष्ट्र भएको हो । हाल नेपालका बिभिन्न १० वटा सिमसार क्षेत्रहरु रामसार सूचीमा सूचीकृत भइसकेका छन् । विश्वका १८० भन्दा बढी राष्ट्र रामसार महासन्धीको पक्ष राष्ट्र रहेका छन् ।

यस अघि नेपाल स्थायी समितिको सदस्य राष्ट्र भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here