सचिव बढुवामा वनका दुई सहसचिव सिफारिस

काठमाडौँ । कृषि तथा वन सेवा समुहको रिक्त रहेको सचिव पदको बढुवाका लागि तीन जनाको सिफारिस भएको छ ।

मंगलबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वन सेवाका बरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्य र डा. दिपककुमार खराललाई सिफारिस गरेको छ । त्यसैगरी कृषि समुहका निरु दाहाल पाण्डे पनि सिफारिसमा परेका छन् ।

वन समुहका डा. आचार्य र कृषि समुहका पाण्डे यस अघि पनि सिफारिसमा परेका व्यक्ति हुन् भने डा. खराल पहिलो पटक सिफारिसमा परेका हुन् । अघिल्लो पटक डा. आचार्य र पाण्डेसँगै सिफारिस भएका डा. पेमनारायण कँडेललाई सरकारले सचिवमा बढुवा गरेको थियो ।

डा. आचार्य हाल राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिमा सदस्य सचिव पदमा कार्यरत छन् भने डा. खराल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत छन् । सिफारिसमा परेका तीन जना मध्ये सबैभन्दा बरिष्ठ डा. आचार्य हुन् । सरकारले सिफारिसमा परेका तीन जना मध्य एक जनालाई सचिवमा बढुवा गर्न सक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here