राजेन्द्र केशीले अस्विकार गरे उपमहानिर्देशक पद

काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशक पदबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशक पदमा सरुवा गरिएका डा. राजेन्द्र केशीले उपमहानिर्देशक पद अस्वीकार गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफू माथि भएको अन्यायपूर्ण र अपमानपूर्ण सरुवालाई पूर्णरुपले अस्वीकार गर्ने घोषणा गरेका छन् । डा. केशीले आफ्नो सरुवालाई अपमानपूर्ण सरुवा भनेका छन् ।

जनता समाजबादीका तर्फबाट मन्त्री बनेको प्रदीप यादवले मनोमानी ढंगले कर्मचारी सरुवा गरेपछि चौतर्फि आलोचना भइरहेका बेला पछिल्लो पटक केशीको सरुवा झन बिबादित बनेको छ ।

मन्त्री यादवले राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रपति चुरे लगायतका निकायमा मोलमोलाई गरेर व्यापक सरुवा गर्न खोजेपनि झोला बुझाएर सरुवा हुनेको संख्या खासै नभएपछि टेन्सनमा बसेका यादवले पछिल्लो पटक कर्मचारीलाई मैले खासै चलाउन नखोजेको हो भन्दै आएका छन् ।

‘डिएफओहरु अहिले हाम्रो मातहतमा छैनन्, अरुलाई खासै सरुवा हुनुपर्ने चासो रहेनछ, त्यसैले मैले यसपटक सरुवा धेरै गरिन ।’ मन्त्री यादवले एक सार्वजनिक कार्यक्रममा भनेको वाक्यले उनको कर्मचारी सरुवामा नियत के रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

सामाजिक सञ्जालमा व्यापक विरोध

जनता समाजबादी पार्टीको संघीय परिषद सदस्य तथा केन्द्रीय विज्ञ परिषद सदस्य बाबुराम यादवले सामाजिक सञ्जालमा डा. केशीको अपमानपूर्ण सरुवाको बिरोध गरेका छन् ।
उनको कुरासँग अधिकांश वनकर्मीहरुले सहमति जनाएका छन् । वन मन्त्रालय अन्तर्गतका अवकाशप्राप्त तथा वहालबाला कर्मचारीहरुले मनोबल गिराउने तरिकाले गरेको सरुवाको घोर भत्र्सना गरेका छन् ।

मन्त्रीले पैसा कमाउन थालेकोले सरुवा गरेको समेत टिप्पणी सामाजिक सञ्जालमा आएका छन् । कुन उत्साहले काम गर्ने होला ? कार्यस्थलमा कहिले काम गर्ने वातावरण बन्ला ? भनेर वहालवाला कर्मचारीले प्रश्न गरेका छन् भने सेवानिवृत कर्मचारीहरुले आफूहरुले जागिरे जीवनमा भोगेको भोगाई व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here