हुम्ला । प्रहरीको विशेष टोलीले हुम्ला जिल्ला सदरमुकामबाट अठार वटा कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले सिमकोट गाउँपालिका– ६ को बजार क्षेत्रमा बस्दै आएका कन्जोक तामाङलाई १८ वटा कस्तुरीको बिनासहित निजकै घरबाट नियन्त्रणमा लिएको दावी गरेको छ र निज तामाङलाई आज सार्वजनिक पनि परेको छ ।
प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दिएको जानकारी अनुसार राती निजको घरमा प्रहरीलाई छापा मार्दा १८ वटा कस्तुरीका बिना बरामद गरिएको छ ।
पक्राउ परेका तामाङले ती सामान भारतको दिल्लीबाट किनेर ल्याएको र तिब्बत बिक्रीका लागि लैजान राखेको बयानमा बताएको प्रहरीले जनाएको छ ।
तामाङ गत असार २७ गते भारतको दिल्लीबाट हिंडेर साउन १ गते सिमकोट आइपुगेको प्रहरीको बयानका क्रममा बताएका छन् ।
तस्विर : नेपालकथा फायल