अझै खुलेन मध्यपहाडी लोकमार्ग

काठमाडौं । रुकुम जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महिनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा भुमे गाउँपालिका–२ काँक्रीदेखि बुर्तिबाङ हुँदै पोखरा, काठमाडाँैसम्म चल्ने यातायातका साधन चल्न सकेका छैनन् । उच्च भेगमा पर्ने सडकमा पटकपटक बाक्लो हिमपात भएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

काँक्रीबाट बुर्तिबाङ, पोखरा हुँदै काठमाडौँ दैनिक एक गाडी सञ्चालन हुँदै आएको थियो । यो वर्ष पटकपटक हिमपात भएकाले लामो समयसम्म उक्त सडकखण्डमा यातायातका साधन ठप्प हुँदा पोखरा, चितवन, काठमाडाँै जाने यात्रु समस्यामा परेका छन् । सडकमा जमेको हिउँ नपग्लिएसम्म मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालन गर्न नसक्ने यातायात व्यवसायी सनम गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here