जडिबुटीको खेतीका लागि एक करोड

विराटनगर । प्रदेश १ मा जडीबुटीको व्यावसायिक खेती तथा आयुर्वेद औषधि उत्पादनका लागि अध्ययन गर्न एक करोड रुपियाँ छुट्याएको छ ।
प्रदेश १ मा जडिबुटी खेतीको व्यावसायिक खेतीको अध्ययन गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयले एक विज्ञ समुहको समिति बनाएर सम्भाव्यता अध्ययनको काम पनि गरिरहेको छ ।

त्रिभूवन विश्वविद्यालयका सह प्रध्यापक डा भविन्द्र निरौलाको संयोजकत्वमा गठित उक्त समितिले प्रदेश १ का विभिन्न जिल्लाका सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलनको काम गरिरहेको छ ।

सबै जिल्लामा विज्ञ टोली पुगेर विभिन्न जातका जडीबुटीको व्यवसायिक खेतीे, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्रर र आयूर्वेद औषधि उत्पादन कम्पनी निर्माण गर्न सम्भावित स्थानको पहिचान गरी आवश्यक सुझाव सहितको प्रतिबेदन मन्त्रालयमा बुझाउने भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आयूर्वेद औषधि कम्पनी निर्माणका लागि मोरङको कटहरी गाउँ पालिकामा २० विघा जग्गा लिजमा लिने तयारी पनि गरिरहेको छ । त्यसका लागि आवश्यक प्रक्रिया पनि सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here