पोखरा विमानस्थलको प्रगति १४ महिनामा ३० प्रतिशत

पोखरा । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रगति हालसम्म जम्मा ३० प्रतिशत मात्र भएको छ ।काम शुरु गरेको १४ महिनाको अवधिमा विमानस्थलको निर्माण कार्य ३० प्रतिशत भएको हो ।

पोखरा क्षेत्रीय अन्तर्रािष्ट्रय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनाकर्मीका अनुसार नेपाली सेनाले बाहेक अरु निकायबाट विस्फोटक पदार्थको ब्यवस्थापन गर्ने नसकिने भएकाले पनि निमार्ण कार्यमा केहि ढिलाई भएको छ ।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समयसिमा भन्दा ६ महिना अघि नै निर्माण गरिसक्ने दावी मुनकर्मीले गर्नुभयो । विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन ,ट्याक्सी पार्कीङ, नाला निर्माण, ह्याङगर, जमीन सम्याउने लगायतका कामले पछिल्लो समयमा केही तिब्रता पाएको छ ।

सन् २०१७ को नोभेम्वर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो । बिमानस्थलमा निर्माणमा चिनियाँ २०० र नेपाली २५० जना गरि ४५० जनशक्तिले काम गरिरहेका छन ।
सन् २०२१ को जुलाईसम्म काम सम्पन्न गरेर विमानस्थल सञ्चालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको हो ।

चिनियाँ सरकारी कम्पनी सीएएमसीईले काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ । चीनको एक्जिम बैंकले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएको हो । बिमानस्थलको निमार्ण लागत झण्डै २२ अर्ब रुपियाँ लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here