गैँडा सेफ्टी ट्याङ्कीमा परेर मर्यो

चितवन । भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर शनिबार राति एउटा गैँडा मरेको छ । निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्याङ्कीको ढकनी कमजोर भएका कारण गैँडा ट्याङ्कीमा खसेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी २५ वर्षको पोथी गैँडा ट्याङ्कीमा खसेको हो । बाहिर निस्कन नसकेपछि निस्सासिएर गैँडा मरेको उहाँले बताउनुभयो । अहिले मरेको गैँडालाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । गैँडाको ढाड मात्र देखिएको छ । झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको गैँडा ट्याङ्कीमा खसेको ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here