डडेल्धुराको महाभारत क्षेत्रमा बाघ देखियो

काठमाडौँ । यस अघि फाट्फट्ट रुपमा चितुवा मात्र देखिने गरेको डडेल्धुरा जिल्लाको महाभारत क्षेत्र जोगबुढामा बाघ पनि देखिएको छ ।

सो क्षेत्रमा राखिएको क्यामरा ट्रयापमा बाघको फोटो कैद भएको डडेल्धुराको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् । उनको दावी छ, नेपालमा पहिलो पटक २ हजार ५ सय मिटरको उचाईमा बाघ फेला परेको हो ।

डडेलधुरा सदरमुकाम भन्दा पश्चिम र महाकाली नदी भन्दा पूर्व तर्फको महाभारत रेन्जको भागेश्वर करिडोरमा बाघको तस्वीर कैद वन अधिकृत आचार्यले बताए ।

उनले भने, ‘तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको इतिहासमा पहिलो हो, यसले संरक्षणकर्मीलाई अझ उत्साह थपेको छ ।,

सो बाघ भाले वा पोथी भनेर पहिचान भइनसकेको र क्यामेरा ट्यापिङमा परेका अन्य ३० भन्दा बढी जिवजन्तुबारे विस्तृत विश्लेषण गर्न बाँकी रहेको आचार्यले बताए । विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको पहलमा गत ६ मार्चदेखि ६ अप्रिलसम्म डडेलधुराको महाभारत वन क्षेत्रमा ३२ जोडी क्यामेरा जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here