महको गुणस्तर जाँचको लागि ल्याब टेस्ट मेसिन उपलब्ध गराउने

महको गुणस्तर जाँचको लागि माग भएको ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने भएको छ।

झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासङ्घको २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाले महको गुणस्तर जाँचको लागि ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने जनाएका हुन ।

मन्त्री खनालले भने, ‘मह त व्यवसाय मात्र होइन जीवनसँग स्वास्थसँग जोडिएको अमृत हो । त्यसैले योजना बनाएर नीतिगत व्यवस्था गरिन्छ, प्राविधिक व्यवस्थापन गरिन्छ, किसानलाई प्रशिक्षण गरिन्छ, उत्पादनको योजना बनाएर देशैभरी प्रवर्द्धन गरेर अन्तर्राष्ट्रिय बजार खोजिन्छ । ’

उनले महको देशैभरी प्रवर्द्धन गरिने यसका लागि किसनालाई ढुक्क हुन आश्वाशन दिए ।

मौरीपालक किसानले स्थायी बजार नभएको, मह संकलन र भण्डारण केन्द्रको अभाव भएको, चरन क्षेत्रको अनविज्ञता तथा चरन क्षेत्रको अभाव भएको, कृषि सडकको अभावले मौरी स्थानान्तरणको समस्या रहेको भन्दै सुल्झाइदिन कृषिमन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

महासङ्घका अध्यक्ष शिवप्रसाद शर्माका अनुसार अहिले मौरीको गोला सङ्ख्या १ लाख ७० हजार छ भने वार्षिक २५ सय मेट्रिक टन. मह उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here