कर्णालीमा सुरु भयो श्रम रोजगार बैँक

सुर्खेत । कालिकोटको एउटा नगरपालिकाले श्रम रोजगार बैँकको सुरुवात गरेको छ ।

जिल्लाको रास्कोट नगरपालिकामा श्रम रोजगार बँैकको सुरुवात गर्दै नगरले आफ्नो क्षेत्रको बिकासका लागि वेरोजगार युवालाई रोजगार दिन श्रम रोजगार बैँकको स्थापना गरेको बताएको छ । तत्काल गाउँपालिकाले २६० जनालाई स्थानीय तहमा रोजगार दिने घोषणा समेत गरेको छ ।

नगरप्रमुख काशिचन्द्र बरालका अनुसार युवालाई स्वदेशमा राख्दै युवाको पसिना देश निर्माणमा लगाउने उद्धेश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको हो । उहाँले भन्नुभयो, हामीले प्रारम्भिक चरणमा २६० जनाको टिम बनाएका छौँ । काम र बेरोजगारको अवस्था हेरेर यो संख्यालाई वृद्धि गरेर दुई हजार बनाउने लक्ष्य रहेको छ ।

श्रम वैकमा रहेका हालका युवा पछि ५० वर्ष पुगेको बेला प्यान्सेन सहित अवकाश गर्ने कार्यबिधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले जानकारी दिनुभयो । श्रम रोजगार बँैकमा महिलाको सहभागितालाई बढी प्राथमिकतामा राखिएको छ । बिभिन्न चरणमा राजनीतिक आन्दोलनमा ज्यान गुमाएका, घाइते अपांङ्ख भएका तथा वेपता पारिएका परिवारका सदस्यलाई समेत श्रम रोजगार बँैकमा प्राथमिकताका साथ समावेश गरिने दावी नगरप्रमुख बरालले बताउनुभयो ।

श्रम रोजगार वैकमा भाग लिने युवाको उमेर हदवन्दी पनि तोकिएको छ । १८ वर्ष पुगेका र ४० वर्ष ननाघेकालाई श्रम रोजगार वैकमा रोजगारी दिने कार्यबिधिमा उल्लेख छ । स्थानीय युवालाई नगरका बिभिन्न बिकासे काममा लगाइने भएको छ । ५० वर्ष पुगेपछि अनिवार्य अवकाशको व्यवस्था र ज्यालको भुक्तानी खातामा जम्मा गरिदिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here