दुर्लभ अजिङ्गरलाई आरक्षमा बुझाउने

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ । ९तस्वीर उपलब्ध छ०
–––

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here